Logo
१५ वैशाख २०८१, शनिबार

वेदकोटमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

अक्षरपाटी
२०७९ पुस १ , शुक्रबार ०९:१२ मा प्रकाशित

कञ्चनपुर। बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ।

आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको हो।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे।

घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए। घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन्। प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।

केही दिन अघि धनगढीमा सडक बनाउँदै गरेको ग्रेडरले किचेर एक छात्राको मृत्यु भएकोपछि तीन दिनसम्म तनाव भएको थियो। स्थिति नियन्त्रणमा राख्न स्थानीय प्रशासनले निशेधाज्ञा नै जारी गरेको थियो।