Logo
१४ वैशाख २०८१, शुक्रबार

फलफूलले चिसो लाग्छ भन्नु भ्रम मात्रै

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०८:१२ मा प्रकाशित

काठमाडौं। जाडोयाममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ। तर कतिपयले जाडोयाममा विभिन्न खानेकुरा खानु हुँदैन भन्ने मान्यता बनाएका हुन्छन्।

कतिपयले जाडोमा अमिलो, सुन्तला, केरा खानु हुँदैन, यसले चिसो लाग्छ भन्ने गरेको पाइन्छ। तर पोषणविद् डा उमा निरौला जाडोयाममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ। ताप निकाल्नका लागि शरीरलाई बढी खानाको आवश्यकता पर्छ।

“जाडोयाममा प्रशोधन नगरिएका खाना खानुपर्छ। पोसिलो र उच्च गुणस्तरको कार्बोहाइड्रेट, फाइबर र प्रोटिनयुक्त खाना खानुपर्छ”, डा निरौलाले भनिन्।

फापर, मकै, कोदो, गेडागुडी, सखरखण्ड, आलु, पिँडालु, गहत, सिमी, भट्मासलगायत खानेकुरा खानुपर्छ।

जाडोमा मौसमी फलफुल खाँदा रुघाखोकी लाग्छ भन्ने कुरा खानाप्रतिको भ्रम मात्रै भएको उनले बताइन्। मौसमी फलफूल त्यसमा पनि अमिलो फलफूल बढी मात्रामा खानुपर्छ।

यी खानाले भाइरससँग लड्न सजिलो हुन्छ। चिया कफीको लत नबनाउन डा निरौलाको सुझाव छ।

शारीरिक परिश्रम कम गर्ने ३० वर्ष माथिका उमेर समूहका व्यक्तिले चिनीको प्रयोग गर्न नहुने उनको सुझाव छ। खानामा चिल्लो पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ।

हिमाली र उच्च पहाडी भूभागमा तापक्रम बढी दिने खानाको प्रयोग गर्नुपर्छ। हिमाली भेगमा चियामा घिउ हालेर खाने चलन छ। घिउलगायत चिल्लो पदार्थले तापक्रम बढाउन मद्दत गर्ने चिकित्सक बताउँछन्।

जाडोमा खाना