Logo
८ वैशाख २०८१, शनिबार

एम्बाप्पेलाई गोल्डेन बुट

अक्षरपाटी
२०७९ पुस ४ , सोमबार १२:१२ मा प्रकाशित

काठमाडौं। फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले कतार विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् । प्रतियोगिताका ७ खेलमा सर्वाधिक ८ गोल गर्दै उनले गोल्डेन बुट जितेका हुन् ।

उनले अर्जेन्टिनासँगको फाइनल खेलमा ह्याट्रिक गरे । विश्वकपको फाइनल खेलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी बनेका छन्। यसअघि १९६६ को विश्वकपमा जर्मनविरुद्धको फाइनल खेलमा इङल्यान्डका गिअफ हर्टस्ले ह्याट्रिक गरेका थिए।

यस्तै गोल्डेन ग्लोब अर्जेन्टिनाका गोलक्षक इमी मार्टिनेजले जिते । उनले क्वाटरफाइनमा नेदरल्यान्ड्ससँग र फाइनलमा फ्रान्ससँगको पेनाल्टी सुटआउटमा पेनाल्टी बचाएका थिए ।

प्रतियोगिताको योङ प्लेयर अवार्ड अर्जेन्टिनाका २१ वर्षीय एन्जो फेर्नान्डेजले जिते । प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड भने मेस्सीले जिते । उनले कतार विश्वकपमा ७ गोल र तीन असिस्ट गरेका थिए ।