Logo
१५ चैत्र २०८०, बिहीबार

पुस ६ गते कांग्रेस संसदीय दलको नेता चुनिने

अक्षरपाटी
२०७९ पुस ४ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनपुस ६ गते हुने भएको छ।

कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन्।

तालिका अनुसार मतदाता नामावली प्रकाशन आज दिउँसो २ बजे भएको छ भने उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ।

समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको छ। मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ।

मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ। कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ।

कांग्रेस