Logo
१३ वैशाख २०८१, बिहीबार

कांग्रेसमा युवा पुस्ता एक ठाउँमा, कोइरालाको प्रस्तावमा गगनलाई शर्मा, गुरुङ र पौडेलको साथ

अक्षरपाटी
२०७९ पुस ५ , मंगलबार ०३:१२ मा प्रकाशित

काठमाडौं। कांग्रेसमा यूवा पुस्ता एक ठाउँमा उभिएका छन्। संसदीय दलको नेतामा गगन थापालाई समर्थन जनाउन प्रदिप पौडेल पनि जोडिएका छन्।

नेपाली कांग्रेसको परिवर्तनकारी शक्तीका रुपमा रहेको युवा पुस्ता संसदीय दलको नेता चयनका क्रममा एक ठाउँमा उभिएको हो।

यसअघि कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्री लडेका कृष्ण सिटौला खेमाका युवा नेता प्रदीप पौडेल पनि गगनको समर्थक बसेर युवा पुस्ता एक ठाउँमा भएको सन्देश दिएका छन्।

प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । आजसम्म मौन रहे पनि उनले संसदीय दलको नेतामा उम्मेदवारी दर्ताका क्रममा आफूलाई थापाको समर्थकका रुपमा पेश गरेका हुन्।

संसदीय दलको नेतामा संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल बसेका छन भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।