Logo
१५ चैत्र २०८०, बिहीबार

आज कांग्रेस संसदीय दलको नेता चुनिदै

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०७:१२ मा प्रकाशित

काठमाडौं। कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ।

अहिले बिहान ८ बजेदेखि मतदान कार्यतालिका तय भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म जारी रहनेछ।

आफू सांसद निर्वाचित भएको प्रमाणसहित मतदाता उपस्थित हुने क्रम सुरु भएको छ।

दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ छ।

कांग्रेस