Logo
४ वैशाख २०८१, मंगलबार

नवनिर्वाचित सांसदहरुले लिए शपथ

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ०२:१२ मा प्रकाशित

काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाटनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरुलाई सांसदमध्येमा ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन्। संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसद सारीब्लाउजमा सजिएर उपस्थित भएका थिए।

कतिपय सांसदहरुले भने आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए। नवनिर्वाचितमध्ये २६ जना सांसद्ले मातृ भाषामा शपथग्रहण गरेका थिए । उनीहरुले विभिन्न १४ भाषामा शपथ लएिको सचिवालयले जनाएको छ।

सभामुख चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ खुवाउने व्यवस्था छ। जबरालाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

सांसदहरुको सपथ अघि राणाको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो।

प्रतिनिधिसभाको पहिलो अधिवेशन आह्वानमा भने अन्योल देखिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम सार्वजनिक गरेको एकसाता भइसक्दा पनि सरकारले अधिवेशन आह्वान गरेको छैन।