Logo
१६ चैत्र २०८०, शुक्रबार

नेपाल टि–२० लिग भोलिदेखि, विजेताले ५५ लाख पाउने

अक्षरपाटी
२०७९ पुस ८ , शुक्रबार ०३:१२ मा प्रकाशित

काठमाडौं । आजदेखि तय भएर पनि स्थगित भएको टि–२० भोलिदेखि टियु क्रिमेट मैदानमा हुने भएको छ।

आजदेखि हुने भनिएको लिग खेलाडीको श्रम स्वीकृति तथा टिम दर्ता हुन नसकेका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबै समस्या सुल्झिएकाले लिग भोलि सुरू हुने बताएका छन्।

प्रतिस्पर्धामा विजेता टोलीले ५५ लाख प्राप्त गर्नेछ । उप विजेता टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार घोषण गरिएको छ। तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।

त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुर्नामेन्टले पाँच लाख पाउने छन् भने उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन्। हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्।

क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि–२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो।

प्रतियोगिता शनिबारदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा सुरु हुनेछ।

टि-२०