Logo
२० असार २०८२, शुक्रबार

भारतको विहारमा इँटाभट्टा विष्फोट हुँदा नौ जनाको मृत्यु

अक्षरपाटी
२०७९ पुस ९ , शनिबार ०६:१२ मा प्रकाशित

एजेन्सी। पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुर मारिएका छन्। सो विष्फोटमा अन्य आठ जना घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा रहेको पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ सो दुर्घटना भएको हो। घाइतेको रक्सोलको एक निजी अस्पतालमा उपचार भइरहेको छ।

विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका थिए। विष्फोटको कारण सार्वजनिक गरिएको छैन। सम्बद्ध निकायले अनुसन्धान थालेको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।