Logo
८ वैशाख २०८१, शनिबार

विद्युत सर्ट भएर आगागी, तीन घर जले

अक्षरपाटी
२०७९ पुस १० , आईतबार ११:१२ मा प्रकाशित

खोटाङ। शनिबार दिउँसो खोटाङमा विद्युत सर्ट भएर आगागी हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेको छ।

आगलागीमा तीन घर, नगद, सुन, मालसामान लगायत जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

आगलागीमा मैयाको घर सहित नगद १० लाख, २० तोला चाँदी, मोवाईल, टिभी लगायतका सामान जल्दा २७ लाख ४५ हजार बराबरको क्षती भएको छ ।

कृष्णको घर, नगद एक लाख ५० हजार, दुई तोला सुन, मोवाईल लगायतका सामान जल्दा २८ लाख ८३ हजार ५०० र कर्णको घर र घरभित्र भएका मालसामान जल्दा करिब २८ लाख २८ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

मैयाँको घरमा विजुलीको तार सर्ट हुँला आगलागी सुरु भएको थियो ।