Logo
१६ चैत्र २०८०, शुक्रबार

सत्ता गठबन्धनको बैठक चल्दै, प्रधानमन्त्रीमा सहमति जुटाउने तयारी

अक्षरपाटी
२०७९ पुस १० , आईतबार ०१:१२ मा प्रकाशित

काठमाण्डौ। नयाँ सरकार गठनका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा गठबन्धनले नै मिलेर सरकार बनाउनुपर्ने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

आजको बैठकपछि सत्ता गठबन्धन अघि बढ्छ कि टुट्छ भन्ने विषयमा पनि टुङ्गो लाग्ने नेताहरूले बताएका छन् ।