Logo
१५ चैत्र २०८०, बिहीबार

माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने

अक्षरपाटी
२०७९ पुस ११ , सोमबार ११:१२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओ‌वादीका सचिव गणेश साहले बताए ।

उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग ठोस सहमति नभएकाले मन्‍त्रालयको टुंगो पछि लाग्नेछ ।

श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।