Logo
२६ पुस २०८१, शुक्रबार

नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायो

अक्षरपाटी
२०७९ पुस १३ , बुधबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाल टी–२० लिग ९एनपीएल० क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायो । सुपर ओभरमा लुम्बिनीले दिएको २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रनमात्र बनाउन सक्यो ।

यसअघि फार वेस्टले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनायो । लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुईरदुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायो । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।

लुम्बिनी लगातार चौथो जित निकाल्दै आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको फार वेस्ट दुई अङ्कसहित चौथो स्थानमा छ ।