Logo
७ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ

अक्षरपाटी
२०७९ पुस १५ , शुक्रबार ०३:१२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। ५२ मध्ये ६ जनाले मातृभाषामा शपथ लिएका हुन । यस अघि सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका थिए ।

त्यस पछि रावलले प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाएका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।