Logo
७ वैशाख २०८१, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार ०९:०१ मा प्रकाशित

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दहालले विमानस्थलको औपचारिक उद्घाटन गरेपछि आजदेखि सञ्चालनमा आउने भएको हो।

प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन्।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिनेछ। विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०।०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म ¥याली आयोजना गरिएको छ। उद्घाटनपश्चात दिउँसो २ बजेदेखि ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।