Logo
१३ वैशाख २०८१, बिहीबार

‘अगस्त्य’ बनाउदै सौरभ

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ।

डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्म प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन्।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको हो।

‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो।

फिल्मको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन्। फिल्मको दुबै पार्टको लेखन समेत सकिएको छ।

नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने फिल्म आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभले बताए।

‘करिब ३ वर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौभरले भने।

राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कलाकार केही छनौटको क्रममा छन्। फिल्मको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ।

‘अगस्त्य’