Logo
१२ वैशाख २०८१, बुधबार

सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

अक्षरपाटी
२०७९ पुस २० , बुधबार ०४:०१ मा प्रकाशित

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरवारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ। बुधबारकै एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन्।

त्यस्तै उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ। एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।