Logo
११ वैशाख २०८१, मंगलबार

पाल्पामा ६ जनाको ज्यान जाने दुर्घटना, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अक्षरपाटी
२०७९ पुस २२ , शुक्रबार १०:०१ मा प्रकाशित

पाल्पा। पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो।

दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा १८ यात्रु घाइते भएका छन्।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका हुन्।

पाल्पा