


ललितपुर। नेपाल सरकारसँग सहमति भएपछि ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू आज आ-आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गरेर उनीहरु घर फर्किएका हुन्।
सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको हाे। विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ।
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो घर पठाइएको हो।


