Logo
७ वैशाख २०८१, शुक्रबार

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना, ४ नेपालीको मृत्यु

अक्षरपाटी
२०७९ पुस २५ , सोमबार १०:०१ मा प्रकाशित

भारतको लखनउमा भएको बस दुर्घटनामा चार जनाको मात्रै ज्यान गएको पुष्टी भएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र पालले गुजरातबाट आईरहेको बस भारतको लखनउ नजिक दुर्घटना हुदा एक भारतिय चालक सहित ३ जना टिकापुरका बासिन्दाको मृत्यु भएको पुष्टि गरेका छन। मृतकका आफन्त बस दुर्घटना स्थल तर्फ गएका छन ।

भारतको गुजरातबाट नेपालको टीकापुरका लागि आईरहेको बस लखनउ नजिकैको उन्नाउ भन्ने ठाउँमा आज बिहान दुर्घटनामा परेको थियो। बसमा ६६ जना यात्रु रहेको बताईएको छ।

बसमा यात्रारत धेरैजसो व्यक्ति घाईते भएका छन। उनीहरु मध्ये कतिपयको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताईएको छ। उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भैरहेको छ। बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताईएको छ। बसको नम्बर खुल्न सकेको छैन। भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन।