Logo
६ पुस २०८१, शनिबार

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

अक्षरपाटी
२०७९ पुस २५ , सोमबार ०६:०१ मा प्रकाशित

काठमाडौं। वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ।

जनताका काम छिटोछरितो र झन्झटरहित बनाउने, भ्रष्टाचारमा शुन्य सहनसीलतालगायतका विषय कार्यक्रममा समेटिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो।

सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारिएको थियो।

सरकार
यो पनि हेर्नुहोस् : किसानको पनि होइन र, यो देश…!