Logo
१४ वैशाख २०८१, शुक्रबार

लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ११:०१ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज (बिहिबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई सपथ ग्रहण गराउने छन् ।

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक-एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए ।

“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उनले भने, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।