Logo
४ वैशाख २०८१, मंगलबार

लुम्बिनी : मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए शपथ

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ खुवाएका हुन् ।

साथै प्रदेश प्रमुख शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।

गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।