Logo
१४ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमको पहिलो निर्णय शासकीय सुधार योजना कार्यदल

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ०८:०१ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पहिलो निर्णयका रुपमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन्।

आज प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर उनले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा कार्यदल गठन गरेका हुन्।

शासकीय सुधार गर्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल’ गठन गरेका हुन।

कार्यदलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना तयार पार्ने छ।

गठित कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन्। मुख्यमन्त्री रावलले कार्यदललाई एक साताभित्र प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन्।