Logo
१४ वैशाख २०८१, शुक्रबार

रिहा हुँदै क्रिकेटर सन्दीप लामिछाने

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ०८:०१ मा प्रकाशित

काठमाडौं। बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उनी भोलि मात्रै अदालतबाट रिहा हुनेछन्।

सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो।