Logo
१३ माघ २०७९, शुक्रबार

राष्ट्रियसभाको बैठक आज

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार ०९:०१ मा प्रकाशित

काठमाडौं,२९ पुस । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो ।

दिउँसो १ बजेर  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु हुनेछ ।

आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।