Logo
१५ वैशाख २०८१, शनिबार

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सन्देशमूलक गीतमा सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ुस्माइलुको संगीत छ। यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ।

दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। प्रख्यात घिमिरेले भिडियोमा कोरियोग्राफी गरेका छन्।

भिडियो सशान कँडेलको निर्देशनमा तयार पारिएको हो।