Logo
१५ वैशाख २०८१, शनिबार

भारतीय र्‍यापर आज दरबार मार्गको प्लाटिनम क्लबमा गुञ्जने

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चिच र्‍यापर रोहित कुमार चौधरी (आरसिआर) काठमाडौंको प्लाटिनम क्लबमा गुञ्जने भएका छन्।

आज राति ८ बजेबाट दरबारमार्गको क्लब प्लाटिनममा उनी प्रर्फम गर्न लागेका हुन्।

मिठास ईन्टरटेन्मेन्टले उनलाई काठमाडौं ल्याएको हो। प्रस्तुतिका लागि चौधरी काठमाडौं आइसकेका छन्।

पछिल्लो समय क्लब पार्टीहरुलाई व्यवस्थित र आकर्षक बनाउन विदेशी कलाकारहरुलाई नेपाल ल्याउने परम्परा तीव्र भएको छ। त्यसैको सिलसिलामा आरसिआर काठमाडौं आइपुगेका हुन्।

क्लबमा उनीसँगै एरिअल ब्याण्डले पनि प्रस्तुती दिनेछन्। १५ सय प्रबेश शुल्क तोकिएको कार्यक्रममा तीन हजार दर्शकको लक्ष्य राखिएको आयोजक पक्षले जनाएको छ।

हिपहप सिजन नाम दिइएको कार्यक्रमको टिकट ईसेवाबाट लिन सकिनेछ।