Logo
१४ वैशाख २०८१, शुक्रबार

आर्थिक सूचक सकारात्मक, मङ्सिर मसान्तसम्म भित्रियो ४ खर्ब ८० अर्ब विप्रेषण

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार ०२:०१ मा प्रकाशित

काठमाडौं, २९ पुस।चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म शोधनान्तर स्थिति बचतमा देखिएको छ।

कात्तिकसम्म २० अर्ब ३ करोडले बचतमा रहेको शोधनान्तर मंसिरमा २५ अर्ब ८४ करोड थपिएको छ। विप्रेषणमा भएको सुधार र आयातमा नियन्त्रण भएका कारण शोधनान्तर बचत बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। त्यसमध्ये त्यसमध्ये १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ मंसिरमा मात्रै भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा छ। गत आवको समीक्षा अवधिमा चालु खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो।

राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चितिमा भने थप सुधार भएको छ। विदेशी मुद्राको सञ्चिति ६ दशमलव ३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

पछिल्लो महिना महँगी नियन्त्रण उन्मुख देखिएको छ। वर्षको पहिलो महिनाबाटै उच्च भएको मुद्रास्फीति मंसिरमा ७.३८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ। कात्तिकमा महँगी ८.०८ प्रतिशत थियो।