Logo
२५ भदौ २०८३, बिहीबार

भोक, भोग र सम्भोगले संसार बचाएको छ : आख्यानकार शिव प्रकाश

अक्षरपाटी
२०७९ पुस ३० , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं। ३० पुस। कवि, लेखक तथा आख्यानकार शिव प्रकाशको उपन्यास कृति ‘समभोक’ सार्वजनिक भएको छ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा फरक शैलीमा उपन्यास ‘समभोक’ सार्वजनिक भएको हो।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोक, भोग र सम्भोगलाई आख्यानकारले निकै चाखलाग्दो गरी प्रस्तुत गरेको बताए। मान्छेलाई भोकले धेरै कुरा सिकाउँछ भन्ने सन्देश यस पुस्तकले दिएको उनले बताए।

‘समभोक’ शिव प्रकाशको पहिलो उपन्यास हो। यसअघि उनका ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह र ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशित भइसकेका छन्।

भोक, भोग र सम्भोगको मनन–मन्थनबाट यो उपन्यास जन्मिएको लेखक शिव प्रकाशको भनाइ छ। उनले
भोकले साइनो बदल्छ। भोकले सम्बन्ध बदल्छ। भोकले नाम बदल्छ। भोकले काम बदल्छ। भोकले मान्छे बदल्छ र भोकले संसार बदल्छ भन्ने दर्शन उपन्यासमा स्थापित गर्न खोलको बताए।

‘संसारमा तीन कुरा सधैं बाँचेका छन् र संसारलाई तीन कुराले सधै बचाएका छन्। ती हुन्– भोक, भोग र सम्भोग’, उनले भने।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तक परिचर्चा कार्यक्रमसहित सार्वजनिक गरिएको हो।

शिव प्रकाश समभोक

ट्रेन्डिङ ( साप्ताहिक )