Logo
२४ असार २०८३, बुधबार

मकर संक्रान्तिका अवसरमा विभिन्न स्थानमा दर्शनार्थीको भीड

अक्षरपाटी
२०७९ माघ १ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं १ माघ। आज माघेसंक्रान्ति, देशभर विविध विधि र तरिकाले मनाइँदै छ ।

देशका विभिन्न स्थानमा मकर मेला लागेको छ। मेला भर्न विभिन्न धार्मिक तथा पवित्र धाममा भक्तजनको भीड लागेको छ।

तिलको लड्डु, चाकु, घिउ, खिचडी, तरुल कन्दमुल खाएर मनाइने मेलाका अवसरमा आज झापाको माइमेला, चितवनको देवघाट पाल्पा, कैलालीको गोदावरी, काठमाडौंको विभिन्न स्थानमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

विभिन्न मन्दिरमा पनि दर्शनार्थीहरुको घुइँचो छ। पश्चिम तराइँको थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाइरहेको छ।

उनीहरुले आज नयाँ वर्षको नयाँ योजना बनाउने, आफ्नो समुदायको अगुवा चुन्ने काम गर्छन।

त्यस्तै मगर समुदायले पनि आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाइरहेको छ।

अन्य खश, आर्य समुदायले आजको दिनलाई पवित्र पर्वका रुपमा मनाइरहेको छ। एकाविहानैदेखि सफा, सुद्ध भएर छोरी, चेलीलाई दानदक्षिण दिएर पर्व मनाउने चलन छ।

माघे संक्रान्ति