Logo
१६ चैत्र २०८०, शुक्रबार

६८ यात्रुसहित ७२ जना सवार एती एयरलाइन्सको विमान दुर्घटनामा, ३२ जनाको शव निकालियो, प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलको कन्ट्रोल रुपमा

अक्षरपाटी
२०७९ माघ १ , आईतबार १२:०१ मा प्रकाशित

काठमाडौं १ माघ। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरामा १० बजेर ५१ मिनेटमा दुर्घटनामा परेको छ।

६८ जना यात्रसहित ४ जना चालक दलका सदस्य सवार विमान सेती दोभानमा खसेको थियो।

विमान अनियन्त्रित हुँदै सेती नदीमा खसेको स्थानीयहरुले बताएका छन्। अहिलेसम्म घटनास्थलबाट ३२ जनाको शव निकालिएको सुरक्षा स्रोतले बताएको छ।

पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा खसेको जहाजमा आगो लागेको छ। उद्धारको काम भइरहेको छ।

उद्धारमा थप शक्ति परिचालन गरिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछाने विमानस्थलको कन्ट्रोल  रुपमा पुगेर उद्धार कार्यको अवलोकन गरेका छन्।

यता दुर्घटनालाई लिएर आकस्मिक रुपमा मन्त्रिपरिषदको बैटक बोलाइएको छ।