Logo
७ वैशाख २०८१, शुक्रबार

दुर्घटना जाँचबुझ आयोगले काम थाल्यो

अक्षरपाटी
२०७९ माघ २ , सोमबार ०३:०१ मा प्रकाशित

काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाका लागि सरकारद्वारा गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ।

गठन भएको भोलिपल्ट आयोगले काम थालेको हो । यती एयरलाइन्सको जहाज दुर्घटना भएलगत्तै आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आयोगले दुर्घटनाको कारण पत्ता लगाउन काम थालिसकेको जानकारी दिए।

उनका अनुसार जहाजको ‘ब्ल्याक बक्स’ आयोगलाई जिम्मा लगाइएको छ। दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिने ब्ल्याक बक्स आज बिहान भेटिएको थियो।

ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ। पूर्वसचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा गठित आयोगलाई
दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्न ४५ दिनको समय तोकिएको छ।