Logo
१६ चैत्र २०८०, शुक्रबार

मन्त्रिमण्डल आजै विस्तार हुन्छः दाहाल

अक्षरपाटी
२०७९ माघ २ , सोमबार ०३:०१ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्षे केपी शर्मा ओलीबीच आज ओली निवाश बालकोटमा करिब पाँच घन्टा लामो छलफल भएको छ।

छलफलपछि प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिँदै भने–आजै मन्त्रिमण्डल विस्तार हुन्छ ।

प्रधानमन्त्री दाहालले बिहान १० बजे ओलीकै निवास बालकोट पुगेर छलफल गरेका थिए। छलफलपछि उनले आजै बेलुकासम्म मन्त्रिपरिषद बिस्तार हुने बताएका हुन्।

उनले सभामुखको विषयमा भने भोलि सरकारलाई समर्थन गरेका सबै दलको बैठकमा छलफल हुने जानकारी दिए।

राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमतिको प्रयास गर्ने दाहालको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरेपछि प्रधानमन्त्री दाहाल आज बालकोट पुगेका हुन्।

पुस २६ गते विश्वासको मत लिएपछि दाहाल ओली निवास पुगेको यो दोस्रो पटक हो । सभामुखको निर्वाचन माघ ५ मा हुँदैछ।