Logo
१२ वैशाख २०८१, बुधबार

प्रदेश प्रहरी प्रमुखहरुलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले भनेः पीडितको पक्षमा खम्बा भएर उभिनुस

अक्षरपाटी
२०७९ माघ २ , सोमबार ०३:०१ मा प्रकाशित

काठमाडौं २ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन्।

पुष २८ गते भएको सरुवापछि जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताए।

विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भएता पनि यसपटक कार्यकुशलता हेरेर नै जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वागर नराखी जनताको हितमा काम गर्न निर्देशन दिए।

प्रहरी संगठनमा हरेपछि आदेशको पालना त गर्नु पर्छ नै तर कानुन बमोजिमका आदेशको पालना गर्नपनि गृहमन्त्रीले निर्देशन दिए।

अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गरे।

प्रहरीसंगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव राखेर काम गर्न पनि उनको निर्देशन दिए। प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधकारीहरुलाई उनले सधै पीडितको पक्षमा खम्बा भएर उभिन पनि आग्रह गरे।

कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहन पनि मन्त्री लामिछानेले निर्देशन दिए।

संगठनमा क्षमता भएकाहरुलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उनले यती सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य पुष्टि हुने बताए।