Logo
११ वैशाख २०८१, मंगलबार

सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा, नयाँ मन्त्रीको सपथ साढे ११ बजे

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं ३ माघ । सत्ता गठबन्धन दलहरुले मन्त्रालय भागबण्डा टुंगो लगाएका छन्।

सत्ता गठबन्धन दलहरुबीच भएको सहमति अनुसार एमालले ८ मन्त्रालय लिएको छ। उसले सञ्चार, पर्यटन, संघीय मामिला, परराष्ट्रसहितका मन्त्रालय लिएको हो।

त्यस्तै सरकार नेतृत्वकर्ता माओवादी केन्द्रले ४ मन्त्रीमा चित्त बुझाएको छ। उसले एक राज्यमन्त्री समेत पाएको छ। राप्रपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्री पाएको छ भने जनमत पार्टीले एक मन्त्री पाउने पक्का भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालय लिएको छ।

जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ।

अहिले साढे ११ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम तय भएको बुझिएको छ।