Logo
१४ वैशाख २०८१, शुक्रबार

नेपाल नागरिक उड्डयन प्राधिकरणको तीव्र प्राविधिक परीक्षणप्रति व्यंग्य बधाई

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार ०१:०१ मा प्रकाशित

काठमाडौं ३ माघ । आइतबार यती एयरलाइन्सको एटीआर-७२-२१२ विमान दुर्घटना हुँदा जहाजमा सवार ७२ मध्ये यात्रुमध्ये अहिलेसम्म कोही पनि जिवित फेला परेको छैन।

जहाज दुर्घटना हुनेवित्तिकै सरकारले आपतकालिन मन्त्रिपरिषद बैठक बोलाएर दुईवटा निर्णय गरेको थियो। पहिलो दुर्घटनाको जाँचबुझ आयोग गठबन र दोस्रो सबै विमानको प्राविधिकि परीक्षण गर्ने ।

त्यति मात्र नभएर प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने विमानस्थलमै पुगेर उद्धार कार्यको अवलोकन समेत गरेका थिए।

विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको भोलिपल्टै अर्थात २४ घन्टा नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार विज्ञप्ति निकाल्दै ‘परीक्षणका क्रममा बायुयानहरुमा कुनै प्राविधिक त्रुटि फेला नपरेको’ भन्यो।

उसले नेपालमा सञ्चालित एटीआर-४२ तथा एटीआर-७२ वायुयानहरुको उडान सुरक्षा निरीक्षकहरुबाट प्राविधिक परीक्षण गरेको व्यहोरा प्रकाशित गर्यो।

जसलाई लिएर  आलोचना गरिएको छ। प्राधिकरणले देखाएको तत्परताप्रति सामाजिक सञ्जालमा व्यंग्य बधाई दिइएको छ।

यति ठूलो मानवीय क्षति हुँदा पनि निजी कम्पनीहरुले प्रतिस्पर्धाका क्रममा दबाबपूर्ण उडानसमेत गराउने आरोप लागिरहेका बेला र विमान कम्पनीमा शक्ति केन्द्रहरुको हिस्सेदारी भएको अनुमान आरोप भइरहेका बेला प्राधिकरणले २४ घन्टा नहुँदै ५०/६० विमानको प्राविधिक परीक्षण सम्पन्न गरेको विषयलाई आम नागरिकलाई पत्याउन गाह्रो भएको छ।

विविध विषयका अध्ययता चित्र राज भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारी अस्पतालहरूमा रगत परीक्षणको रिपोर्ट आउन दुई दिन लाग्छ। तर हाम्रो नागरिक उड्डयन विभागले एकै दिनमा पचास, साठी एटीआर ४२, एटीआर ७२ जहाजहरू परीक्षण गरेर रिपोर्ट दिएछ। यत्तिको द्रुत गतिमा कार्यसम्पादन गरेकोमा तालुकदार अड्डा लाई धन्यवाद ।’

उनको भनाइले रगतको रिपोर्ट आउन पनि निश्चित प्रक्रिया र समय लाग्छ। त्यति धेरै विमानको प्राविधिक परीक्षण गर्न कति प्राविधिक जनशक्ति  कति समय खटाइएका थिए ? विमान दुर्घटना भएर निर्देशन दिइएयता र विज्ञप्ति सार्वजनिक हुनुपूर्व रातभर पनि प्राविधिक परीक्षण भएको देखिन्छ।

प्राधिकरणले यसमा कति जनशक्ति कुन समयदेखि कहाँकहाँ खटाइएको थियो भन्ने स्पस्ट भने पारेको छैन।

नागरिक उड्डयन प्राधिकरण