Logo
७ वैशाख २०८१, शुक्रबार

प्रतिपक्षीको भूमिका समेत गुमेपछि राष्ट्रपति र सभामुख बाँडफाँटमा कांग्रेस तयार, एमाले सशंकित

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं ३ माघ। सरकार विस्तारलगत्तै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुखमा सहमतिको प्रताव गरियो।

दाहालले बैठकमा प्रस्ताव गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली बैटकबाट उठेर गएलगत्तै कांग्रेसले भने राष्ट्रपति र सभामुख बाँडफाँडमा रुची देखाएको हो।

बैठकमा नेपाली कांग्रेसले बाँडफाँटका विषयमा छलफल गर्न तयार भएको कुरा राखेको मुख्य सचेतक रमेश लेखकले बताए।

प्रधानमन्त्री दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर अगाडि जाने प्रस्ताव गरेको लेखकले जानकारी दिए।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले तत्कालीन गठबन्धनलाई जोगाएको भए राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख मात्रै होइन सात प्रदेशमा समेत आधाभन्दा बढी स्थानमा कांग्रेस नेतृत्वकै सरकार हुने विश्लेषण राजनीतिक वृतमा हुने गरेको छ।

तर माओवादीलाई प्रधानमन्त्री नस्वीकार्दा आज कांग्रेस विधानतः प्रमुख प्रतिपक्षीको हैसिय समेत गुमाएर राष्ट्रपति, र उपराष्ट्रपति, सभामुख र उपसभामु बाँडफाँटमा समेत राजी हुने अवस्थामा छ।

प्रतिपक्षको हैसियतै विषयमा सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली र कांग्रेस सचेतक लेखकबीच बाझाबाझ समेत भएकाे बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा ओलीले भने – ‘तपाईंहरुले राष्ट्रपतिमा आँखा लगाउँदै हुनुहुन्छ । त्यो प्रयास नगर्दा हुन्छ । तपाईहरुले त्यो हैसियत र नैतिकता गुमाइसक्नु भयो।’

ओलीले त्यसो भन्ने वित्तिकै कांग्रेस सचेतक लेखक जंगिए ।

उनले भने- ‘कांग्रेसले कुनै पदमा आँखा लगाएको छैन। राष्ट्रपति वा अन्य पदहरुमा हम्रो पार्टीको पनि हक छ ।’

नेता लेखकले थप प्रष्ट्याए – ‘हामीले संविधान र अहिलेको आवश्यकतालाई हेरेर विश्वासको मत दिएका हौं। हामीलाई सत्तामा खेल्ने कुनै रहर छैन। कुनै पदमा आँखा लगाएको होइन। तर, यहाँका सबै राजकीय तथा संवैधानिक पदहरुमा हाम्रो हक र दाबी हुन्छ।’

लेखकसँगको चर्काचर्कीपछि अध्यक्ष ओली बैठक छोडेर हिँडेका थिए।

 

नेपाली कांग्रेस