Logo
७ वैशाख २०८१, शुक्रबार

भोलि सुदूरपश्चिम र कर्णालीमा हल्का पानी पर्ने : मौसमविद्

अक्षरपाटी
२०७९ माघ ४ , बुधबार १०:०१ मा प्रकाशित

काठमाण्डौ। आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म नै मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी न्यून चापीय प्रणालीकै कारण भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । मौसमविद् कडेलका अनुसार भोलि यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ तर तत्कालका लागि जमिन भिज्ने गरी वर्षा हुने सम्भावना भने छैन ।

मौसम बद्ली भइरहे पनि जमिन भिज्ने गरी तत्काललाई पानी नपर्ने उहाँको भनाई छ । यस्तै, अबको तीन दिन नै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।