Logo
१४ वैशाख २०८१, शुक्रबार

उपप्रधानमन्त्री तथा उर्जामन्त्री लिङ्देनले भने : ढुक्क भएर ऊर्जामा लगानी गर्नुस

अक्षरपाटी
२०७९ माघ ४ , बुधबार ११:०१ मा प्रकाशित

काठमाडौं, ४ माघ। मंगलबार मात्रै पदभार ग्रहण गरेका उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ढुक्क भएर ऊर्जाका क्षेत्रमा लगानी गर्न आग्रह गरे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक संघका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न भनेका हुन्।

मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यमा योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिलाई आग्रह गरे।

मन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा पनि छलफल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राजेन्द्र लिङ्देन