Logo
७ वैशाख २०८१, शुक्रबार

सभामुखमा एमालेका घिमिरे निर्वाचित, ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।

प्रतिनिधिसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो भने विपक्षमा १०० मत परेको थियो।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदाता मध्ये एक जना सांसदले दिन्न भन्नेमा मत दिए।

घिमिरेका पक्षमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए।

घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा बहुमत पाएपछि कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारीमाथि छलफल नै भएन ।