Logo
१३ वैशाख २०८१, बिहीबार

क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन, कोलकाता फर्कियो

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार १०:०१ मा प्रकाशित

६ माघ, काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए(४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।