Logo
६ वैशाख २०८१, बिहीबार

राष्ट्रपति समक्ष सभामुख घिमिरेले लिए शपथ

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं, ६ माघ। नवनिर्वाचित सभामुख देवराज घिमिरेले शपथ लिएका छन्।

शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो।

शपथ अघि उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका थिए। सभामुख घिमिरेले आजै लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेर पदबहाली गर्ने कार्यक्रम छ।