Logo
२९ भदौ २०८३, सोमबार

नेशनल कलेजमा प्रविधि यात्रा

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं। नेशनल कलेज अफ ईन्जिनियरिङको आयोजनमा प्रविधि मेला ‘यात्रा’ (४ दशमलव शून्य) संस्करण आजदेखि सुरु भएको छ।

दुई दिन आयोजना हुने मेला विद्यार्थीलाई विभिन्न प्रविधिसँग अद्यावधिक हुन प्लाटफर्म बनोस भन्ने उद्देश्य रहेको छ।

हरेक वर्ष झैँ यो वर्ष पनि रिसर्च एन्ड डेभलपमेन्ट विभागको निगरानीमा क्याम्पसमा स्नातक तहमा अध्ययनरत कम्युटर, सिभिल , इलेक्ट्रिकल , इलेक्ट्रोनिक्स ईन्जिनियरिङ विषयका विद्यार्थीको समूहले यात्रा (४ दशमलव शून्य)को आयोजना गरेका हुन्।

प्रविधि मेलालाई विभिन्न मिडिया, बैक आदीको साथ रहेको छ। कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास आयोजक समूका संयोजक अमृतमान तुलाधरले बताए।

ट्रेन्डिङ ( साप्ताहिक )