Logo
१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी : उपाधि सुदूरपश्चिमको पोल्टामा

अक्षरपाटी
२०७९ माघ ७ , शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौं ७ माघ। सुदूरपश्चिमले पहिलोपटक प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो।

टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन जोडेको थियो।

मध्यम सुरुवात गरेको प्रदेश १ का लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक ४८ रन जोडिन्। उनी ६३ बलमा ८ चौका प्रहार गर्दै ४८ रनमा अविजित भइन्।

अप्सरा बेगमले १५ र कप्तान रुविना क्षेत्रीले १४ रन जोडिन। सुदूरपश्चिमकी मनिषा चौधरीले २ र ऋितु कनौजियाले एक विकेट लिइन्। १ सय २ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

सुदूरपश्चिमका लागि सम्झना खड्का २७ र कविता जोशी १९ रनमा अविजित रहिन्। आक्रमक ब्याटिङ गर्दै डोली भट्टले २२ र कविता कुँवरले १२ रन जोडे।

प्रतियोगिताको उपाधि विजेता सुदूरपश्चिमले ५ लाख र उपविजेता टोली प्रदेश एकले ३ लाख प्राप्त गरेका छन्।