Logo
६ वैशाख २०८१, बिहीबार

उपसभामुखमा रास्वपाकी रानामगर विजयी, कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन

अक्षरपाटी
२०७९ माघ ७ , शनिबार ०६:०१ मा प्रकाशित

काठमाडौं ७ माघ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर विजयी भएकी छन्।

उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी आजै रास्वपाकी सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।

इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कसैलाई मत दिन्न भने।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी थिए।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए।

कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाए पनि पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन।