Logo
१४ वैशाख २०८१, शुक्रबार

सुर्खेतमा जिप दुर्घटना, चार जनाकाे मृत्यु

अक्षरपाटी
२०७९ माघ ८ , आईतबार ०९:०१ मा प्रकाशित

सुर्खेत ।सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।

वीरेन्द्रनगर नगरपालिका ११  रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका ७ का २७ वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन्।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएकाे छ।