Logo
८ वैशाख २०८१, शनिबार

अमेरिकी राष्ट्रपतिको निवासमा छापा, गोप्य दस्दबेज जफत

अक्षरपाटी
२०७९ माघ ८ , आईतबार ११:०१ मा प्रकाशित

एजेन्सी, ८ माघ। शक्तिशाली राष्ट्रका रुपमा चिनिने अमेरिकाका राष्ट्रपति जो बाइडेन पनि विश्वमै शक्तिशाली राष्ट्रपतिका रुपमा लिइन्छन्। तर उनकै निवासमा अमेरिकी न्याय विभागले छापा मारेको छ।

बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरमा विभागले छापा मारेर थप गोप्य दस्ताबेज जफत गरेका छन्।

गएको शुक्रबार विलमिङ्टनस्थित उनको अर्को घरबाट यस्तै छापा मारेर केही दस्तावेज फेला परेको थियो। यी दस्तावेजहरू बाइडेन उपराष्ट्रपति र सिनेटर भएको समयका भएको अधिकारीहरुले बताएका छन्।

कतारी विश्व च्यानल अलजजिराका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन्।

डेलावेर क्षेत्रबाट बाइडेन सन १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए। सो घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज समेत भेटिएको बताइएको छ।

शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेका थिए।

जो बाइडन