Logo
१३ वैशाख २०८१, बिहीबार

अपहरणमा परेका दुई नेपाली युवाको शव भारतमा भेटियो

अक्षरपाटी
२०७९ माघ ८ , आईतबार ०७:०१ मा प्रकाशित

जनकपुरधाम। जनकपुरका दुई युवाको शव भारतमा भेटिएको छ।

दुई साता अघि अपहरणमा परेका जनकपुरका दुई युवकको शव भारतमा फेला परेको प्रहरीले जनाएको छ।

जनकपुरधामका बिष्णु साह र रोहित साहको शव भारतको सितामढी जिल्लाको बेलापरिहारमा भेटिएको हो।

अपहरणकारीले २० लाख रुपैयाँ फिरौती मागेर दुई साताअघि सम्पर्कबिहिन भएका थिए। अपहरणमा परेका दुबैजना एकै परिवारका सदस्य हुन्।

उनीहरु भारतको सितामढी बेला परिहारमा आफन्तकोमा गएका बेला उतै अपहरणमा परेका थिए। भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको दुबै जनाको शव प्रकृया पुर्याएर नेपाल प्रहरीलाई बुझाउने भारतीय प्रहरीको तयारी छ।