Logo
१२ वैशाख २०८१, बुधबार

दुई खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ

अक्षरपाटी
२०७९ माघ ९ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं। नेपालमा भएको टी–२० लिगका क्रममा ‘म्याच फिक्सिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन्।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याइएको सिआइबी स्रोतले जनाएको छ।

गएको पुसमा काठमाडौँमा भएको लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो।

सिआइबीले छानबिन समिति नै बनाएर अनुसन्धान गरेको थियो। अनुसन्धान सकिएकाले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी सिआइबीको छ।

म्याचफिक्सिङ्ग